
- रोहन शर्मा
नवनियुक्त नेप्से प्रमुखले हालै सेयर बजारको सुधारको लागी दुईवटा काम तत्काल गरिने भनेर अभिव्यक्ति दिए:
१) लघुबित्तलाई बिकास बैंक उपसुचकबाट हटाएर छुट्टै उपसुचक बनाउने।
२) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने।
पहिलो बुँदाको बिषयमा भन्नु पर्दा उपसुचकमा फेरबदललाई बजारको बिकासको लागी चालिएको कदम भनेर मान्न सकिंदैन। कतिपय मिडियाको लागी त यो बिषय हेडलाईननै बन्यो। बास्तब यो एउटा साधारण प्राबिधिक बिषय हो ,चाहने हो भने यो काम तुरुन्त गर्न सकिन्छ, यसको लागी मिडियाबाजी गर्नु भनेको सर्वसाधारणलाई अलमल्याएर ठुला ठुला र गर्नै पर्ने कामलाई छायाँमा पार्ने नियत हो भनेर बुझ्न सकिन्छ।
नामको पछाडी बिकास बैंक भएकै कारण “घ” बर्गको लघुबित्त लाई “ख” बर्गको बिकास बैंक सुचकमा लगेर जोडियो। जबकि “ग” बर्गको फाईनान्सको छुट्टै उपसुचक रहेको छ। बिगतमा नेप्सेमा कती दुरदर्शी र सक्षम नेतृत्व रहेछ त भन्ने कुराको प्रमाण हो यो।
बिभिन्न लगानिकर्ता मित्रहरुले धेरै समय अगाडी देखी उठाउँदै आएको यो बिषयलाई ढिलै भए पनि साउदज्युले कार्यान्वयन गर्न लाग्नु भएकोमा हामी आभारी छौं र काम पुरा गरिसकेपछी तपाईं धन्यबादको पात्र हुनुहुनेछ।
यो बिषयले लगानिकर्तालाई खासै फरक नपारेता पनि सुचकांकलाई थप ब्याख्या गरी प्राबिधिक बिष्लेषणलाई पारदर्शी बनाउन अझै सहयोग पुग्नेछ।
दोस्रो बिषयमा कुरा गर्नु पर्दा ब्रोकर लाई मार्जिन ल्याण्डिङ दिनु राम्रो कुरा हो । तर खै पुर्वाधार ? घर उठाउन पहिले जग बसाउनु परेन ? आफुले नेतृत्व सम्हाल्ने बित्तिकै पहिलो प्राथमिकतामा ब्रोकर लाई मार्जिन ल्याण्डिङ दिने कुरा अगाडी ल्याउनुभएको हुँदा आम जनमानसले चाहिं तपाईंलाई नेप्से प्रमुख बनाउन लागिपरेर ठुलो गुन लगाएका ब्रोकरको ऋण तिर्ने प्रयास गरेका पो हुन् कि भनेर नसोच्लान् भन्न सकिन्न!
ब्रोकरले मार्जिन ल्याण्डिङ कुन आधारमा गर्ने ? ऋण लिएर कारोबार गर्ने साधारण ब्याक्तिको पनि पोर्ट्फोलीयो २०/२५ लाख हुन्छ । तर ब्रोकरको चुक्ता पुँजीनै न्युनतम २० लाखको रहेको छ । ५० ब्रोकरको औसत पुँजी ६० लाखको हाराहारी भन्दा कम छ। क्लियरिङ्ग बैंकबाट पाएको ५ करोडको ओडि लिमिट पनि धेरैले आफुखुशी चलाएका छन्। ठुलो कारोबारको सेटलमेण्ट गर्नै धौ धौ भएर समय समयमा आउट हुने गरेका छन्।
मार्जिन ल्याण्डिङको लागी पुँजीको दुई बिकल्प मात्र छ। पहिलो आफैले पुँजीको ब्यवस्था गर्ने, जुन केहिले प्रयास गरेपनी अधिकाँशले सक्दैनन् ।
दोस्रो बिकल्प बैंक तथा बित्तिय सँस्थासँग रकम लिएर आफु बैंक र लगानिकर्ताको बिचमा बसेर काम गर्ने । यसरि काम गरे बापत केहि कमिसन मार्जिन त राख्नै पर्यो। यसो गर्दा ऋणको लागत बढ्ने भयो। अहिले लगानिकर्ताले सिधै बैंकबाट ऋण लिएर गर्ने गरेको कारोबार ब्रोकर मार्फत् गराउनु भनेको लगानीकर्ता माथी थप भार पार्नु हो । ठिक छ ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिउँ तर सँगसँगै बैंकलाई ब्रोकर दिएर बजारलाई थप फराकिलो पार्ने बारेमा सोचौं ।
अर्को कुरा सेयर कारोबार गर्दा अधिकाँश ब्रोकरहरुले नयाँ र साना लगानिकर्तालाई वास्ता नगरेको तथ्यलाई हेर्ने हो भने भोलीको दिनमा ब्रोकर मार्फत मार्जिन ल्याण्डिङ सुबिधा उपभोग गर्न पाउने भनेको ठुला लगानिकर्ता, आफन्त र नजिकका साथिभाईले मात्रै हुन् भनेर अनुमान गर्न सकिन्छ।
सर्बप्रथम पारिवारिक ब्यवसायको रुपमा कम्पनी चलाईरहेका ब्रोकर ब्यवसायमा कर्पोरेट कल्चर बस्नु जरुरी छ। त्यसपछी मात्र आम लगानिकर्ताले राहत महसुस गर्न सक्छन्।
अन्त्यमा,
साउदज्यु लाई केहि प्रश्न गर्न चाहन्छु …
☆क्लियरिङ्ग बैंक थप्ने बिषय कहाँ पुग्यो ?
☆कार्तिक २१ मा आउने भनिएको अनलाईइन ट्रेडिङ के हुँदैछ ?
☆नयाँ स्टक एक्स्चेन्जको बिषयमा के हुँदैछ ?
☆बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा कुन मोडमा छ ?
☆राजधानी भित्रै सिमित मर्चेण्ट बैंकलाई देशभर बिस्तार नगर्ने?
☆लगानिकर्तालाई लगानिकर्ता परिचयपत्र दिने बिषय कहाँनेर अड्कियो ?
☆एनआरएन लाई लगानीको सहज बातावरण बनाएर सप्लाईले थिचेको अहिलेको बजारमा माग पक्ष बलियो बनाउने बिषयमा नसोच्ने?
आदि ईत्यादी……..प्राथमिकतामा राख्नु पर्ने यस्ता धेरै बिषयहरु छन्!
मलाई थाहा छ यि सब काम यहाँको मात्र बसमा छैन । मेरो आशय चाहिं नेप्से र नियामक धितोपत्र बोर्ड भनेको “सेयर बजार” नामक सिक्काको दुई पाटा हो । दुई बिच बिगतमा जस्तो समन्वयन भएन भने चाहिं हाम्रो “बजार” को बिकास र बिस्तार “शब्द” मै मात्र सिमित हुनेछ। आशा गरौं यहाँको कार्यकाल समग्र बजारको लागी कोशेढुङा साबित हुनेछ।
समयले यहाँलाई एकपटक “कुलमान” बन्ने अवसर दिएको छ,आफुलाई प्रमाणित गर्नुहोस्!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्