
- सरला राउत / रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ-यिनी संजरानी तामाङ । घर सिन्धुपाल्चोक र हालको बसाईं काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थल छेउमा नाग्लो पसल गरेर आफ्नो जीवन चलाउँछिन् उनी । उमेरले ६० बसन्त काटीसक्यो तर जीवनमा बसन्त कहिल्यै आएन् शन्तरानीको जीवनमा । २०७२ सालमा आएको भूकम्पले परिवार लाई लग्यो, र आफुलाई जीवनभरका लागि अपाङ्ग बनाइदियो ।
जव आफ्नाहरु रहेनन्, दुख कसले हेरिदिने । मागेर खान मनैले दिएन र सुरु गरिन् नाङ्लो पसल । दिनमा केहि सयको व्यापार, र त्यहिबाट दुखसुख चलेको छ जिन्दगी । आधा नै भएपनि थामिएको छ पापी पेट र बाँचिएको छ शहरमा । ‘आफुले नेताहरुलाई भोट हालेको सम्झंदै उनी भन्छिन्, ‘बाबुले छोराछोरीलाई माया गरेजस्तै माया गरिदिनुपर्यो, बाबुआमाले छोराछोरीलाई माया गरेजस्तै गरी खाने गरिवहरुलाई पनि सरकारले माया गरिदिनु पर्यो । मेजर सापले दिएको गाडा पनि नगरपालिकाले खोसेर लागेको सम्झंदै उनी सरकारलाई आग्रह गर्छिन्, ‘पालन पोषण गर्ने कोहि छैन, काम गरेर खाने वातावरण बनाइदिनु पर्यो सरकारले।’
भएको एउटा गाडा नगरपालिकाले लग्यो, फिर्ता देउ भन्दा आफ्नै नगरपालिकामा गएर बस भनेर बचन लायो । उनी भन्छिन्, ‘आफ्नो केहि हुँदो हो त यो सडकमा दुख गर्ने रहर कसलाई थियो होला र ? पुगीसरी आएको भए यो सडकमा को बस्थ्यो होला र ? आफ्ना आफन्त कोहि नभएको सम्झंदै उनी सुनाउछिन्, ‘उधारो सामान ल्याएर बेच्ने गरेको छु । सरकार ! कि गरी खान देउ ! कि भात खान देउ !’ देशमा सरकारले कर बढाएको चर्चा छ । तर सडकमा नाग्लो व्यापार गरिरहेकी तामाङ भन्छिन् बरु ५-१० रुपैयाँ कर उठाउ, तर दुख नदेउ, गरी खान देउ ।’
दु:खका दिनहरु यस्तै गरी वितिरहेछन् । जस्ताको छानो भएको घरमा ४२०० भाडा तिर्नुपर्छ, दिनको सय ५० जम्मा गरेर राख्छु र महिनाको अन्तिममा भाडा तिर्छु घरभेटीलाई । भात पुगेका बेला भात खान्छु, नत्र खोले खान्छु, त्यहि पनि पुगेन भने तातोपानी तताएर खान्छु । भूकम्पपीडीतलाई सरकारले राहत दिएको सुनेकी छिन् उनले । तर आफ्नो को छ र गरिदिने ? भनिदिने । उनको यहि गुनासो छ। रुखमुनि व्यापार गर्दा न मान्छेलाई गाह्रो भएको छ न रोडलाई । तर पनि पलपलमा नगरपालिकाको त्रास छ । फगत थोरै व्यापार हुने आश छ । व्यापार भए दुइ-चार गाँस छ, नभए तातो पानीको भर छ । भन्छिन् कि मलाई बसेर खान पुग्ने दिनु कि सुख दुख गरेर खान दिनुपर्यो । दशैँको कसरी मनाउंदैहुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, हुने खानेलाई पो आउँदो हो दशैं, उत्साह ! हामीलाई त खोइ ? खोले खाना पायो खोले खान्छु भात खान पाए भात खान्छु
नेपाली जनता भएपछि सरकारले हेर्नुपर्ने बताउने तामाङ भन्छिन् म भारतको जनता होइन । म चाइनाको जनता होइन उधारो ल्याएको समान लुटेर लैजान मिल्यो त ? ज्यान अपाङ्ग भयो । बनाइएको खुट्टा लगाएर के हुन्थ्यो, कहिलेकाहीं दुख्छ, कहिले लडिन्छ बैसाखी नभई केहि गर्न सक्दिन । एउटै छ आश छ सरकारसँग गरिखान दिए हुन्थ्यो, अव कति नै बाँचिएला र ?
शन्तरानी त एउटी प्रतिनिधि पात्र मात्र हुन् । यसरी पेट पाल्नै का लागि दुख गर्नेहरुको संख्या सानो छैन यो शहरमा । सुखी नेपाली समृद्ध नेपालको नारा रटेर कहिले पनि नथाक्ने सरकारले यता पनि ध्यान दिने कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्