काठमाडौँ । केहि समय अगाडी प्रभु बैंकका सीइओ अशोक शेरचन प्रभु बैंकको सीइओमा पुन: नियुक्त भए । यसअघि दुई कार्यकालसम्म बैंकको सीइओ रहेका उनी सेन्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभुले प्राप्ति गरेपछि पुन: सीइओको रुपमा नियुक्त भएका थिए । झट्ट सुन्दा तेश्रो पटक उनी बैंकको सीइओ पदमा नियुक्त भएको देखिए पनि प्रचलित कानुनी व्यवस्थाले उनको यो तेश्रो कार्यकालको नियुक्ति होइन । बैंक तथा वित्तीय संस्था ऐन २०७३, २०७४ मा लागु हुँदा नै सीइओको कार्यकाल पहिलो गनिने व्यवस्था अनुरुप उनको यो तेश्रो कार्यकाल होइन । अर्कोतर्फ मर्जर तथा प्राप्तिमा जाने बैंक तथा बित्तिय संस्थाका सीइओको मर्जर तथा प्राप्तिपछिको कार्यकाल पहिलो रहने व्यवस्थाको सुविधा दिएको छ । तर बाफिया र मर्जर तथा प्राप्तिमा जाने बैंकहरुलाई दिईएको सुविधाका आधारमा कानुनअनुसार नै प्रमुख कार्यकारी अधिकृत बनेका शेरचनका विषयमा भ्रम छर्ने दुष्प्रयास भईरहेको पाइएको हो ।
कन्फ्युजन कहाँ भएको हो ?
‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) ले सीइओले बढीमा दुई कार्यकाल सीइओ हुन पाउने व्यवस्था गरेको छ । सो ऐन २०७४ देखि लागु भएको हो । सो ऐन लागु हुँदाका दिन नै सीइओको बैंकमा कार्यकाल पहिलो गनिने व्यवस्था थियो । अर्थात ऐन लागु भएको मितिले सीइओको कार्यकाल गनिने व्यवस्था थियो । बाफियाको दफा २९ (२) र (३) मा यो कानुन लागु भएपछि कार्यकाल गनिने स्पष्ट छ। नेपाल बंगलादेश बैंकका सीइओको हकमा पनि यहि नजिर स्थापित भएको छ । सो कानुन लागु हुनुभन्दा अधि नै २ कार्यकाल बैंकको सीइओको रुपमा विताईसकेको भन्दै तत्कालीन नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाविरुद्ध पनि अदालतमा मुद्धा परेको थियो । तर अदालतले उनका पक्षमा फैसला गर्दै ढुंगानाको सो कार्यकाल पहिलो नै हो भन्ने नजिर स्थापित गरेको थियो । अर्थात, अदालतले नै ऐन लागु भएको मितिमा सीइओको कार्यकाल पहिलो हो भनी नजिर स्थापित गरिदिएको थियो ।

त्यसमाथि, सो ऐनपछि मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै राष्ट्र बैंकले त्यसपछिको मौद्रिक नीतिमा मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तिको हकमा मर्जर तथा प्राप्ति पछि सीइओको कार्यकाल पहिलो रहने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिकामासमेत मर्जर तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थामा नियुक्त हुने सीइओको कार्यकाल पहिलो हो भनी स्पष्ट व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को प्रयोग गरी राष्ट्र बैंकले एकिकृत निर्देशिकामा मर्जर तथा प्राप्तिपछि सीइओको कार्यकाल पहिलो मानिने व्यवस्था एकिकृत निर्देशिका मार्फत गरेको थियो । तर सीइओ शेरचनविरुद्ध हात धोएर लागेका कहिले अहिले बाफियाको हवाला दिंदै शेरचनको कार्यकाल गैरकानुनी भएको हल्ला फिजाईरहेका छन् ।
दुष्प्रचारको बदनियत किन ? के भन्छ राष्ट्र बैंक ?
यसो त प्राय: विवादमा नतानिने शेरचन अहिले किन विवादमा परे त ? जानकारहरुका अनुसार यसमा ३ कारण छन् । जानकारहरुका अनुसार पहिलो यो मर्जरको ‘साइड एफेक्ट’ हो । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका संचालकहरु प्रभु बैंकमा आफ्नो तर्फबाट सीइओ राख्न खोजिरहेका छन् । दोश्रो, शेरचनबाट व्यक्तिगत लाभ नपाएपछि उनीविरुद्ध खनिनेहरु देखिएका छन् । तेश्रो र महत्वपूर्ण कुराचाहिँ शेरचनलाई विवादमा तानेर ”एटेन्सन सिकर’हरुले काम गरिरहेका छन् ।
यता राष्ट्र बैंक पनि सीइओ शेरचनको कार्यकाल बाफिया अनुसार पनि ठिक र राष्ट्र बैंकले दिएको सुविधा अनुसार पनि कानुनी नै भएको दाबी गर्छ । ‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको छुटमा मर्जर तथा प्राप्तिपछि सीइओको कार्यकाल पहिलो हुने स्पष्ट व्यवस्था गरिदिएको छ । यो तथ्य राष्ट्र बैंकको एकिकृत निर्देशिकामा पनि स्पष्ट छ । त्यसैले अशोकजीको यो पहिलो कार्यकाल नै हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘ बाफिया नै हेर्ने हो भने पनि यो विवाद नै गर्नुपर्ने विषय होइन । किनकि २०७३ सालमा आएको बाफिया २०७४ सालदेखि लागू भएको हो र सो समयमा सीइओको कार्यकाल पहिलो मान्ने स्पष्ट व्यवस्था छ । तर किन विवाद आयो, त्यो त थाहा भएन । अशोक शेरचनले अवको दुई कार्यकाल अर्थात केहि दिन अघि सीइओमा नियुक्त भएको मितिले अर्को ८ बर्ष बैंकको सीइओका रुपमा काम गर्न सक्छन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्